Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेशको प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको पनि कार्यभार





काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग आइतबार मलेसिया जाने भएपछि उनको अनुपस्थितिमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई प्रमुखको कार्यभार तोकेका छन् ।
खापङु्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएपछि भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय शितल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम भण्डारीलाई प्रमुख तोकिएको हो ।