Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियानमा जनमत सहभागी भएन





काठमाडौँ ।
मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी भएको छैन । रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर मोर्चामा मतभेद भएपछि जनमत पार्टी मोर्चा सहभागी नभएको हो ।
असार १२ गते बसेको मोर्चाको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर त्यो निर्णयको विपक्षमा गएर जनमत पार्टीले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।
त्यसयता सो पार्टी मोर्चाको कुनै पनि गतिविधिमा सहभागी भएको छैन । मोर्चाको जनजागरण अभियान काठमाडौँको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको छ ।
मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको हो । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बताइएको छ ।
गत चैतमा घोषणा भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
सिरहालगायतका तराई जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यकता देखिएको छ । किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर अब आसन्न दिनको मौसममा छ छ ।