Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कुलिङ पिरियडमा देखिएको समस्या समाधान गर्न बनेको छानविन समितिले सोमबार प्रतिवेदन बुझाउने





काठमाडौँ ।
‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले सोमबार छानबिन प्रतिवेदन बुझाउने भएको छ ।
समितिको म्याद आइतबार सकिने भएकाले सोमबारको प्रतिनिधिसभामा बैठकमा प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको सदस्यहरूले बताएका छन् ।
संघीय निजामती सेवासम्बन्धी विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘कुलिङ अफ पिरियड’ को प्रावधान राखेको थियो । त्यो प्रावधानलाई निष्प्रभावी बनाउन नियतवश गोलमाल गरिएको निष्कर्ष आफूहरूले निकालेको पनि सदस्यहरू बताउँछन् ।
राज्य व्यवस्था समितिले विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखेको थियो ।
त्यसलाई प्रभावित पार्ने विधेयकमा पहिला रहेको ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाइने’ भन्ने व्यवस्था नहटाएको पाइएपछि प्रतिनिधिसभाको बैठकले असार २३ गते छानबिन समिति बनाएको थियो । समितिलाई गठन गर्नेबेला २१ दिन समय दिइएकोमा त्यो समयमा काम नसकिएपछि ७ दिन थपिएको थियो । थपिएको म्याद आइबार सकिने भएकाले सोमबारको बैठकमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।