Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्वमन्त्री जुली महतोले भनिन्– बजार व्यवसाय धाराशायी हुँदैछ, आत्मनिर्भर बन्ने तर्फ अग्रसर हुनुस





जनकपुरधाम ।
जनकपुरधाम आलु प्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमकाबीच शपथग्रहण गरेका छन् । संघको अध्यक्षमा सुरज साह चयन भएपछि शुक्रबार जनकपुरधाममा आयोजित विशेष समारोहमा पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मो. अलाउदीन राईनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मनोज साह, सह–सचिव संजय साह तथा कोषाध्यक्ष सिकेन्द्र साहले समेत शपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले नेतृ तथा पूर्वमन्त्री जुली महतोले जनकपुरधामको बजार व्यवसाय संकटतर्फ उन्मुख रहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले जनकपुरधाम मधेस प्रदेशको राजधानी भएपनि यहाँको व्यवसायिक गतिविधि कमजोर बन्दै गएको उल्लेख गर्दै सीमापारि किनमेल गर्ने प्रवृत्ति बढेकाले स्थानीय व्यापार धराशायी बन्ने खतरा औंल्याइन् ।
पूर्वमन्त्री महतोले स्थानीय व्यापार संरक्षणका लागि सरकारले सहुलियत, अनुदान वा अन्य सहयोगमार्फत पहल गर्नुपर्नेमा जोड दिइन् । साथै, खडेरीका कारण धान उत्पादन घट्ने सम्भावना रहेको भन्दै उनले उपभोग्य वस्तुमा आत्मनिर्भरता आवश्यक रहेको र आलु–प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन व्यवसायीलाई सचेत रहन आग्रह गरिन् ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले व्यापारीहरुको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै बजार व्यवस्थापनका लागि सरकारी नीतिगत पहल आवश्यक रहेको बताए ।
नवनिर्वाचित अध्यक्ष सुरज साहले जनकपुरधाममा आलु प्याज व्यवसायलाई व्यवस्थित बनाउने, मूल्यमा एकरुपता ल्याउने र व्यवसायी हितमा काम गर्ने प्रतिबद्धता जनाए ।