Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिदै, मधेसमा पनि ३ दिन पानी पर्न सक्ने पूर्वानुमान





काठमाडौँ ।
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।
मौमस पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारी अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ नजिकिने क्रममा छ । ‘त्यसले आजदेखि कम्तीमा तीन दिन मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना छ’, शनिबार बिहान उनले भनिन्, ‘यसपटक मधेस तथा तराईमा पनि पानी राम्रै पर्ने अनुमान छ ।’
त्यसो त मधेस क्षेत्रमा गएराति पनि राम्रै वर्षा भएको उनले बताइन् । ‘पछिल्लो १० घण्टाको रेकर्ड हेर्दा मधेसका एक–दुई स्थानमा भारी वर्षा पनि भएको छ’, मौसमविद् महर्जनले भनिन् । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।