Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिन्धुलीको बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु

तीन बालबालिका घाइते





सिन्धुली।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।

रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो ।

त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।