

एजेन्सी ।
पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १सय ८ सदस्यलाई जेल सजाय सुनाएको छ ।
सजाय सुनाइएकाहरूले सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको कसुर छ । मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो ।
बिहीबारको निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का लागि ठूलो धक्का मानिएको छ । सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलका नेता ओमर अयुब खान पनि छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
विपक्षी नेताहरूले आतंकवादविरोधी अदालतको निर्णयको निन्दा गरेका छन् । यस निर्णयमा पीटीआईका ६ सांसदलाई पनि अयोग्य घोषणा गरिएको छ ।
