Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रेशमले श्रीमतीलाई बर्खास्त गरेर बाबुलाई बनाए नाउपाको अध्यक्ष





काठमाडौँ । 

नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ।

काठमाडौँको बानेश्वरमा बिहीबार बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो।

अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बाबु हुन्। बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए।

अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्।

अध्यक्ष चयन भएपछि लालवीरले भने, ‘हामीले उहाँ (रञ्जिता)लाई अहिले पनि भनिरहेकै छौँ यहाँ आएर आफ्नो कुरा भन्नुस्। सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्दा नमानेपछि यो अवस्था आयो।’

पार्टीलाई अपठ्यारोबाट निकास दिन आफूले नेतृत्व गरेको उनको भनाइ छ।