Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी





 काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने ।