Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आशाले विवाहोत्तर प्रेम सम्बन्ध तोड्न खोज्दा रामबाबु घरमै पुगेर गरेका थिए अन्धाधुन्ध खुकुरी प्रहार





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा खुकुरी प्रहार गरी एक किशोरीको हत्या र दुई जनालाई घाइते बनाएको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह हुन् । उनलाई साउन १४ गते राति करिब १०ः३० बजे महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्त साहलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार साहले साउन १२ गते राति करिब ११ः३० बजे जनकपुरधाम–४ स्थित डेरामा बस्दै आएकी आशा यादव, उनकी छोरी अन्जली कुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अन्जलीको साउन १३ गते राति १२ः३० बजे उपचारको क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार, पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झन्डै पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए ।
रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि दुरी बढाउन शुरु गरेकी थिइन् । पछि रामबाबु र आशाले मिलेर जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर केही समयपछि आशाले उक्त रिक्सालाई आफ्ना भाइको नाममा दर्ता गराइ दिएकी थिइन् । पछिल्लो समय उनीहरूले डेरा परिवर्तन गर्दै आशा आफ्ना श्रीमान र छोरीसँग बस्न थालेकी थिइन् । रामबाबुले फोन गर्दा आशाले प्रतिक्रिया नदिने, दूरी कायम गर्न खोज्ने र उनको श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि रामबाबु आक्रोशमा आएका थिए ।
घटनाको रात आशाले रामबाबुको फोन गाली गर्दै काटेपछि उनी खुकुरीसहित आशाको डेरामा पुगेका थिए र तीनै जनामाथि खुकुरी प्रहार गरेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । घटनामा प्रयोग गरिएको खुकुरी र गाडी समेत प्रहरीले बरामद गरेको छ ।