Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वर्षाकालागि कामना गर्दै सर्लाहीमा थारु समुदायले सांसदलाई बनाए ‘हली’, दुई महिलाले काँधमा राखे जुवा





जनकपुरधाम ।
वर्षाको अभावले रोपाइँ प्रभावित बनेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–९ रामनगरका थारु समुदायले वर्षा आह्वान गर्ने परम्पराअनुसार दुई सांसदलाई हलो जोत्न लगाएका छन् ।
साउनको मध्य भइसके पनि लगातार पानी नपरेपछि स्थानीयले प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई परम्परागत ढंगले ’नियन्त्रणमा’ लिएर हलो जोत्न बाध्य बनाएका हुन् ।
थारु समुदायमा लामो समयसम्म पानी नपरेमा गाउँका अगुवालाई खेतमा लगेर हलो जोत्न लगाउने परम्परा रहिआएको छ । सांसद चौधरी र थारु दुवै रामनगरकै स्थानीय बासिन्दा हुन् ।
हलो जोत्ने क्रममा गाउँकी महिलाहरूले काँधमा जुवा राखी प्रतीकात्मक रूपमा सघाएका थिए । समुदायले यस कार्यलाई वर्षा आह्वान गर्ने सांस्कृतिक विधिका रूपमा निर्वाह गरेका हुन् ।