Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा विधेयकको छिनोफानो गर्न समितिको बैठक बोलाउने तयारी, शिक्षकहरुको अडान कायमै





काठमाडौं ।
विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठक बोलाउने तयारी गरिएको छ । समितिका सभापति अम्मरबहादुर थापाले मिडिया काउन्सिल विधेयकको छलफल रोकेर शिक्षा विधेयकका लागि बैठक बोलाउने तयारी गरिएको जानकारी दिए ।
“विधेयकमा सरकार र शिक्षकबीच लगभग सहमति भएको छ । अब समितिको बैठक बोलाएर विधेयक पास गर्ने तयारी छ,” थापाले भने ।
नेपाल शिक्षक महासंघले भने आफूहरूको अडान कायमै रहेको जनाएको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू सरकारसँगको सहमतिमा पछाडि नहटेको बताइन् ।
“सरकारले महासंघले नौबुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार, आम शिक्षक कर्मचारीका माग मुद्दा समेटर अग्रगामी शिक्षा ऐन जारी हुनैपर्छ । पटकपटक भएका सहमतिबाट महासंघ ब्याक भएको छैन । हाम्रो अल्टिमेटम साउन २१ गतेसम्म हो,” पराजुलीले भनिन् ।