

जनकपुरधाम ।
सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकका ७५ वर्षीय अनिललाल यादवको हत्या भएको छ । राति सुतेकै अवस्थामा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
गम्भीर घाइते अवस्थामा यादवलाई आज बिहान ६ः२० बजे अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा बिहान ८ः२० बजे प्रादेशिक अस्पताल सिरहामा उनको मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीयले विरोध स्वरूप केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
