

जनकपुरधाम ।
जनकपुरधाम–४ स्थित गएराति खुकुरी प्रहरी गरी एक किशोरीको हत्याका आरोपी फरार भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले गएराति करिब साढे ११ बजे जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी किशोरी अञ्जलीकुमारी यादवको हत्या गरी फरार भएको धनुषा प्रहरी श्रोतले जनाएको छ ।
आक्रमणमा अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको छ भने अञ्जलीकी आमा आशा यादव र भतिजी १४ वर्षीया राधा यादव गम्भीर घाइते छन् । उनीहरूलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
आरोपी साह आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय भोगेर छुटेको अभियुक्त रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न साहको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
