Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसवादी दलको माग– सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानको दीर्घकालीन उपाय खोजौँ





काठमाडौं ।
तराई–मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ ।
तत्काललाई तराई–मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो ।
सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
यसका साथै संकटग्रसत क्षेत्रक किसानका लागि सहुलियत वा अनुदानमा मलखाद, सिँचाइ, बिउ, किटनासक औषधि उपलब्ध गराउन माग गरेको छ ।
तराई–मधेशलाई यस्तो संकटबाट बचाउन चुरे वन क्षेत्रको संरक्षण र जलासय निर्माणमा जोड दिनुपर्ने मोर्चाको निषकर्ष छ ।
वर्षा नहुँदा मधेश सुक्खाग्रस्त छ । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर, राहत वा अन्य कुनै व्यवस्था हुन सकेको छैन ।