Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्कुल बसबाट झर्ने क्रममा सर्लाहीको ब्रह्मपुरीमा चक्काले च्यापिएर ५ वर्षीया छात्राको मृत्यु





मलंगवा ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसको च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसले ठक्कर दिएर सोही स्कुलमा अध्ययनरत ५ वर्षीया छात्राको निधन भएको हो ।

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ ।

बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले च्यापिएर उनको टाउकोमा चोट लागेको थियो ।

तत्कालै उनलाई जीवन नारायण अस्पताल बयलबासमा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो ४ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।