

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा एक महिला रहस्यमय अवस्थामा मृत फेला परेकी छन् । २३ वर्षीया शोभा मण्डल आफ्नै घरको ओछ्यानमा मृत फेला परेकी हुन् । उनी जनकपुरधाम ४कै चन्दन मण्डलकी पत्नी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति करिब साढे १२ बजे शोभा मण्डल झुण्डिएको खबर प्रहरीलाई प्राप्त भएको थियो । तर प्रहरी टोली घटनास्थलमा पुग्दा शव ओछ्यानमा फेला परेकी थिइन् ।
“परिवारका सदस्यले झुण्डिएको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान दिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि पठाइएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता, मृतकका माइती पक्षले शोभाको हत्या भएको दाबी गरेका छन् । उनीहरूका अनुसार दाइजोका कारण परिवारमा पटक–पटक झगडा हुँदै आएको र त्यसैको कारण हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
