Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भूमि विधेयकमा संशोधन हाल्ने सांसदहरुसंग छलफल सम्पन्न





काठमाडौं ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकिएको छ । आइतबारदेखि संसदीय समितिमा सुरु भएको दफावार छलफलमा १७ जना संशोधनकर्तासँगको छलफल सकिएको समिति सचिवालयले जनाएको छ ।
भूमिसम्बनधी केही नेपाल ऐन संशोधन विधेयकमा ५५ वटा संशोधन परेको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि दफावार छलफल गरिरहेको छ । आज पनि संशोधनकर्ता सांसदहरूसँग छलफल रहेको छ ।
विधेयकमा संशोधनकर्ता सांसदहरूसँग छलफल सकिएपछि समितिमा छलफल हुनेछ र विधेयक अगाडि बढ्नेछ । विधेयकसँग सम्बन्धित विषयमा सरोकार राख्ने निकाय र व्यक्तिसँग छलफल गर्ने वा नगर्ने भन्नेमा समिति निर्णयमा पुगेको छैन । यो विधेयकलाई जति सक्दो छिटो पास गर्ने तयारीमा सत्तारुढ दल रहेका छन् ।
सुरुमा प्रतिनिधि सभामै दफावार छलफल गरेर पारित गर्न खोजिएको थियो । समितिमा लगेर पनि फास्ट ट्रयाकमा अगाडि बढाउन सकिने विपक्षी दलहरूको अडानपछि यो विधेयक संसदीय समितिमा पुगेको हो ।
प्रस्तावित विधेयकले तीनवटा ऐनमा संशोधन प्रस्ताव गरेको छ– भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ । घर जग्गा व्यवसायीलाई हदबन्दी भन्दा बढीको जग्गामा घडेरी विकास गरी घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्न दिने व्यवस्था विधेयकमा छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने विषय पनि रहेको छ ।