Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टर्कीद्वारा सबैभन्दा शक्तिशाली गैर–आणविक बम परीक्षण





एजेन्सी ।
टर्कीले आफ्नो सबैभन्दा शक्तिशाली गैर–आणविक बम गाजाप र एनईबी–२ घोष्टको सफलतापूर्वक परीक्षण गरेको छ ।
जुलाई २६–२७ मा इस्तानबुलमा आयोजित १७ औं अन्तर्राष्ट्रिय रक्षा उद्योग मेला (आईडीईएफ) २०२५ मेलाको क्रममा टर्कीले यस बमको परीक्षणको भिडियो जारी गरेको हो । दुबै बमहरूको तौल ९७० किलोग्राम छ । यसलाई टर्कीको रक्षा मन्त्रालयको अनुसन्धान तथा विकास (आरएण्डडी) केन्द्रले डिजाइन गरेको हो । गाजाप थर्मोबेरिक वारहेडले सुसज्जित छ । यी बमहरू एफ–१६ लडाकु विमानबाट खसाल्न सकिन्छ ।
फुटेजमा यो बमले सयौँ वर्ग मिटर क्षेत्रफललाई असर गर्न सक्छ भन्ने देखिन्छ । यसमा १० हजार विशेष कणहरू छन्, जुन विस्फोट पछि प्रति वर्ग मिटर १०.६ कणको दरले फैलिएको थियो । टर्कीको रक्षा मन्त्रालयले दुबै बमको सबै परीक्षण पूरा भएको र अब यो प्रयोगको लागि तयार भएको बताएको छ ।
टर्कीले हालैका दशकहरूमा आफ्नो सैन्य प्रविधि द्रुत गतिमा विकास गरेको छ । यो अब रक्षा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ ।
टर्कीको रक्षा नीतिको उद्देश्य विदेशी लगानीकर्ताहरूमाथिको निर्भरता घटाउनु र स्वदेशी उत्पादनहरूलाई प्रवद्र्धन गर्नु हो । यस उद्देश्यका लागि, टर्कीले क्षेप्यास्त्र, बख्तरबन्द सवारी साधन, नौसेना जहाज र विमान जस्ता प्रविधिहरूमा प्रमुख कदम चालेको छ ।
टर्कीसँग तैफून, सिपर, सपन लगायत धेरै मिसाइलहरू छन् । तैफून ब्लक–४ टर्कीको पहिलो हाइपरसोनिक ब्यालिस्टिक मिसाइल हो, जसको गति म्याक ५ भन्दा बढी छ ।