Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय तीन खेलाडीले शतक प्रहार गरेपछि इंगलैण्डविरुद्धको टेस्ट जोगाउन सफल





एजेन्सी ।
कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो टेस्टमा बराबरी गरेको छ ।
पहिलो पारीमा ३११ रनले पछि परेको भारतले दोस्रो पारीमा चार विकेटको क्षतिमा ४२५ रन जोडेको हो । भारतका लागि कप्तान गिलसँगै वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले शतक प्रहार गरे । तनावपूर्ण खेलमा ५ पारीमा भारतले दुई विकेट मात्र गुमाएको हो ।
भारतका कप्तान गिल र के एल राहुलले तेस्रो विकेटका लागि १८८ रनको साझेदारी गरे भने वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले अविजित २०३ रनको साझेदारी गरे । पहिलो पारीमा भारतले ३५८ रन जोडेको थियो भने इंग्लयान्डले ६६९ रन जोडेको थियो । भारतले विना कुनै रन दुई विकेट गुमाएपछि दोस्रो पारीको सुरुवातमा नै दबाब परेको थियो । यसपछि राहुलले ९० तथा गिलले १०३ रन प्रहार गरे। सुन्दर १०१ तथा जडेजा १०७ रनमा अविजित रहे ।
एउटै टेस्ट शृङ्खलामा कप्तानको रूपमा चार शतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यान भएसँगै भारतको संकट टरेको हो । पहिलो पारीमा आठौँ क्रममा ब्याटिङ गरेका सुन्दर दोस्रो पारीमा पाँचौँ क्रममा उक्लिएका हुन् ।