Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एसिया कप २०२५ः भारत र पाकिस्तान एउटै समूहमा, तीन पटक प्रतिस्पर्धा हुन सक्ने





एजेन्सी ।
सन् २०२५ मा हुने पुरुष एसिया कप क्रिकेट प्रतियोगिता युएईमा आयोजना हुने पक्का भएको छ । सेप्टेम्बर ९ देखि सुरु हुने यो प्रतियोगितामा भारत र पाकिस्तानलाई समूह ’ए’ मा राखिएको छ । समूह चरणमा यी दुई टोलीबीचको बहुप्रतिक्षित खेल सेप्टेम्बर १४ मा हुनेछ ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिताको मिति घोषणा गरेको हो । आगामी टी–२० विश्वकपलाई ध्यानमा राख्दै यो पटकको एसिया कप पनि टी–२० ढाँचामा खेलिनेछ । यस संस्करणमा पहिलो पटक ६ को सट्टा ८ टोलीले सहभागिता जनाउनेछन् ।
ड्ड समूह ’ए’ः भारत, पाकिस्तान, ओमान र आयोजक युएई ।
ड्ड समूह ’बी’ः बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ ।
प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ९ मा बंगलादेश र हङकङबीच हुनेछ। दुवै समूहका शीर्ष दुई–दुई टोली ’सुपर फोर’ चरणमा प्रवेश गर्नेछन् । सुपर फोरबाट पनि शीर्ष दुईमा रहने टोलीले सेप्टेम्बर २८ मा हुने फाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको ढाँचाअनुसार भारत र पाकिस्तानबीच तीन पटकसम्म भिडन्त हुन सक्ने सम्भावना छ । समूह चरणको खेल सेप्टेम्बर १४ मा हुनेछ । यदि दुवै टोली सुपर फोरमा पुगे भने त्यहाँ अर्को खेल (सम्भवतः सेप्टेम्बर २१ मा) हुनेछ र दुवै फाइनलमा पुगेमा तेस्रो पटक उपाधिका लागि भिड्नेछन् । तर, एसिया कपको इतिहासमा आजसम्म भारत र पाकिस्तानबीच फाइनल खेल भएको छैन ।
यो प्रतियोगिताको आधिकारिक आयोजक भारत हो । तर, भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दुई देशका क्रिकेट बोर्डबीच भएको सम्झौताअनुसार एक–अर्काको देशमा हुने प्रतियोगिता तटस्थ स्थानमा खेलाइनेछ । यसै कारण भारतले आयोजना गर्ने भए पनि खेलहरू युएईमा हुन लागेको हो ।
भारत एसिया कपको हालको विजेता हो । भारतले २०२३ मा भएको एकदिवसीय ढाँचाको फाइनलमा श्रीलंकालाई हराएको थियो । पछिल्लो पटक २०२२ मा भएको टी–२० ढाँचाको एसिया कप भने श्रीलंकाले जितेको थियो । उसले फाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो ।