Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चितवनमा घोषित रूपमै ६ घण्टा लोडसेडिङ





 काठमाडौँ ।

बिजुलीको माग धान्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले चितवनमा आज घोषित रूपमै लोडसेडिङ गरेको छ। पश्चिम चितवनमा आज ६ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार बिहान ३ र दिउँसो ३ घण्टा लोडसेडिङ हुन लागेको हो।

प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गर्दै माग बढेको कारण लोडसेडिङ गर्नुपरेको भन्दै तालिका सार्वजनिक गरेको हो।

अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशबाट पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको कारण विद्युत् आपूर्ति बन्द गर्नुपरेको सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार १३२/ ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कण्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भएकाले विद्युत् कटौती गर्न गर्न लागिएको हो।

वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ बजे र दिउँसो ३ देखि ६ बजेसम्म, मेघौली(विजयनगर(शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र साँझ ६ देखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

यस्तै जगतपुर-रामपुर फिडरहरूमा मध्याह्न १२ देखि ३ बजेसम्म र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ।

हेर्नुहाेस् सूचना