Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता





काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराउँदै कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेको र मिनी अक्सन साउन २४ मा हुने जानकारी गराएको हो ।
क्यानका अनुसार दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ। प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकताअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गरिने छ।
यसअघि आठ वटै टोलीले आ–आफ्ना रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बरमा हुने पूर्वनिर्धारित तालिका छ ।