Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाली बजारमा एक सातामा २ हजार २ सयले बढ्यो सुनको मूल्य





काठमाडौँ ।
नेपाली बजारमा यो सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा २२०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार अर्थात साउन २ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य यो शुक्रबार अर्थात साउन ९ गते १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यद्यपि सो साता सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । बुधबार छापावाल सुनको मूल्य उक्त बिन्दुमा पुगेको हो । त्यसअघि आइतबार १ लाख ९३ हजार ३००, सोमबार १ लाख ९३ हजार ७०० र मंगलबार १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
त्यसको भोलिपल्ट सुनको मूल्य थप बढेकामा बिहीबार घटेर १ लाख ९५ हजार २०० रुपैयाँ कायम भयो । यस्तै शुक्रबार भने १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
सो साता चाँदीको मूल्य पनि बढेको छ । साउन २ गते २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य ४ र ५ गते २ हजार २८५, ६ गते २ हजार ३२०, ७ गते २ हजार ३५० र ८ गते २ हजार ३३५ रुपैयाँ कायम भयो । यस्तै हिजो शुक्रबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस आधारमा सो साता चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको महासंघले जनाएको छ ।