Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिटी रिक्सा चार्ज गर्ने क्रममा सप्तरीको रुपनीमा करेन्ट लागेर श्रीमान्, श्रीमतीको मृत्यु





जनकपुरधाम ।
सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको विद्युत्तबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।