Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भिजिट भिसामा कुवेत गइरहेकी ४७ नेपाली महिलालाई भारतको दिल्लीमा पक्राउ गरी फर्काइयो





काठमाडौँ ।
भिजिट भिसामा कुवेत जान लागेकी ४७ नेपाली महिला भारतको दिल्ली विमानस्थलबाट पक्राउ परेका छन् । भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो ।
दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)बिना कुवेत जान लागेका ती महिलालाई दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा नियन्त्रणमा लिइएको हो ।
‘उनीहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइएको थियो,’ प्रजिअ घिमिरेले भने, ‘उनीहररुलाई गएराति १ बजे रुपन्देहीबाट गाडीमा काठमाडौँ पठाएका छौँ ।’ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले ती महिलालाई सुनौली नाका हुँदै रुपन्देही ल्याएका थिए ।
यसैबिच गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलामाथि कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका गृह मन्त्रालयले स्रोतले जनाएको छ ।