

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ । सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै अहिले हस्ताक्षर अभियान चलाइरहेको छ ।
अभियान थालेको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर पार्टीको रेकर्डमा आइपुगेको रास्वपाका नेता प्रमोद न्यौपानेले बताए । उनका अनुसार अहिले सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभर वडा तहमा चलाइरहेको छ ।
विदेशमा पनि हस्ताक्षर अभियान चलिरहेको भन्दै अभियान केही लामो समयसम्म चल्ने देखिएको बताए । अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको उनले बताए ।
