Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भूमि विधेयकमा एमाले लचक, छलफलकालागि संसदीय समितिमा पठाइने





काठमाडौँ ।
भूमिसम्बन्धी विधेयक अन्ततः छलफलका लागि समितिमा पठाइने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाको आजको बैठकबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्न लागेका हुन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलहरूबीचको सहमतिमै विधेयक समितिमा पठाउन लागिएको बताए । यसअघि एमालेले प्रतिनिधि सभाको पूर्ण बैठकबाटै विधेयक पारित गर्नुपर्ने अडान लिएको थियो । तर सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकलाई समितिमा पठाएर छलफल गर्नुपर्ने अडान राखेको थियो ।
असार २५ गते समितिको पूर्ण बैठकबाटै पारित गर्ने गरी विधेयक सम्भावित कार्यसूचीमा समेटिएको थियो । तर विधेयकमा संशोधन दर्ता गराएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहितका सांसदहरूले विधेयक समितिमा पठाउनुपर्ने अडान लिएका थिए ।
कांग्रेस भूमि विधेयक समितिमा पठाउनुपर्ने अडानबाट टसमस नभएपछि एमाले पनि समिति पठाउन राजी भएको हो ।
‘समितिबाट पनि छिटै टुंगो गर्ने भन्ने मन्त्री र कांग्रेस सांसदहरूबीच समझदारी भएको छ’, एक सांसदले भने, ‘विधेयकमा कांग्रेस सांसदले हालेको संशोधन स्वीकार गर्न सरकार तयार भए पनि अन्य दलहरूले आक्षेप लगाउने भएकाले समितिमा लैजानुपर्छ भन्ने हाम्रो धारणा हो ।’
भूमिसम्बन्धी विधेयकमाथि अब प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल हुनेछ ।