Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिकटकर रिनेशको सुसाइड नोटको आधारमा प्रेमिका हिरासतमा





काठमाडौं ।
फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका एक युवककी प्रेमिकालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । आत्महत्या दुरुत्साहनको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
केही दिनअघि रिनेश घिमिरे नाम गरेका युवकले फेसबुकमा लेखेको सुसाइड नोट केहीबेरमा नै भाइरल भएको थियो । लगत्तै उनले झुण्डिएर आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले आफ्नी प्रेमिकालाई आरोपित गरेका छन् ।
उनले तीनवटा तस्बिरहरु हाल्दै लेखेका थिए, ‘बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया ।’
यो पोस्टमा कमेन्ट गर्दै रिनेशकी प्रेमिकाले आफू स्वयम् मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताएकी थिइन् । रिनेशको यही सुसाइड नोटका आधारमा प्रहरीले दोलखा घर भई काठमाडौं नयाँ बजारमा बस्ने २५ वर्षीया युवतीलाई पक्राउ गरेको हो । आमासँग बसिरहेकी उनी टिकटकमा लाइभ बस्ने गर्थिन् । आमाले सानोतिनो व्यापार व्यवसाय गर्छिन् ।
युवतीलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीमाथि आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
युवतीले प्रहरीसँगको बयानमा आफू स्वयम् पीडित भएको बताएकी छन् । आफू पहिले अर्कैसँग प्रे ममा रहेकोर रिनेश ले जबर्जस्ति गरेर आफुतिर तानेको उनको बयान छ । रिनेशले आफूलाई जतिबेला पनि मरिदिन्छु भनेर घुर्की लगाउने गरेको उनले बताएकी छन् ।
युवतीका अनुसार आत्महत्या गरेकोभन्दा अघिल्लो रात उनीहरु सँगै थिए । राति ९–१० बजेसम्म आफ्नै कोठामा बसेको र कुटपिटसमेत गरेर फर्केको उनको बयान छ ।
युवतीले प्रहरीसँग भनेकी छन्, ‘मलाई पिटेर जानुभयो, भोलिपल्ट एक्सक्युज गर्नुहोला भनेको केही पनि गर्नुभएन । उल्टै यस्तो गर्नुभयो ।’
जतिबेला पनि मरिदिन्छु भने पनि आत्महत्या गर्ने नठानेको उनले बताएकी छन् ।
ललितपुरको चापागाउँ घर भएका रिनेश बुवाआमाका एक्ला छोरा हुन् । उनी २७ वर्षका थिए । आर्थिकस्तर ठिकठाक नै थियो । उनी ढोलाहिटीमा मोबाइल पसल सञ्चालन गर्थे । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् । उनले प्रेमिकासँग बनाएका दर्जनौं भिडिओहरु टिकटकमा भेटिन्छन् ।