Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाली पासपोर्टको स्तर झन् कमजोर, सिंगापुरको विश्वकै शक्तिशाली





एजेन्सी ।
विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९२औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट सूचकांक २०२५अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट नवौं स्थानमा परेको हो ।
१०१ देशमध्ये नेपाली पासपोर्ट ९२ औँ स्थानमा छ । नेपालसँगै दक्षिण सुडान र नाइजेरियाको पासपोर्ट पनि ९२ औँ स्थानमै छ । गत वर्ष सन् २०२४ मा नेपालको पासपोर्ट ८७औँ स्थानमा थियो । नेपालपछि सुडान, लिबिया, उत्तर कोरिया, बंगलादेश, यमन, पाकिस्तान, सोमालिया, इराक, सिरिया र अफगानिस्तान छन् । सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ ।
विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गरिन्छ ।
छिमेकी मुलुक भारत ८५औं स्थानबाट ७७ औं स्थानमा पुगेको छ । भारतमा अब कुल ५९ देशहरूमा भिसा–मुक्त वा आगमनमा भिसा सुविधा छ । यो अघिल्ला वर्षको तुलनामा थोरै वृद्धि हो ।
२०२५ मा चीनको वरीयता पनि उल्लेखनीय रहेको छ। २०१५ मा ९४ औं स्थानमा रहेको चीन अब ६० औं स्थानमा पुगेको छ । बेलायत छैटौं स्थानमा झरेको छ भने अमेरिका १० औं स्थानमा पुगेको छ।
धेरै युरोपेली देशहरू तेस्रो र चौथो स्थानमा छन् । फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली र स्पेनजस्ता देशका मानिसहरू १८९ देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन्, जबकि अस्ट्रिया, बेल्जियम, स्वीडेन र पोर्चुगल जस्ता देशहरू चौथो स्थानमा छन् ।
हेन्ली सूचकांक २०२५ मा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुर हो, जसका नागरिकहरूले १९३ देशहरूमा भिसा–मुक्त प्रवेश पाउँछन् । सिंगापुरले जापान र दक्षिण कोरियालाई उछिनेर शीर्ष स्थान ओगटेको हो ।
जापान र कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन्, जसका नागरिकहरूले १९० देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन् ।