

काठमाडौँ ।
बिहीबार सुनको मूल्य तोलामा २ हजार ४सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६सय रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २सय रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।
