

सप्तरी ।
सप्तरीमा दुई पुरुषको शव फेला परेको छ । राजगढ गाउँपालिकामा शङ्कास्पद अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका वडा नम्बर ३ र ५ मा दुई जनाको शव फेला परेको हो । राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि राजगाढ गाउँपालिका–३ मा मा पनि एक युवकको शव फेला परेको छ । उक्त शव सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादवको रहेको प्रहरीले जनाएको छ ।
यादव झुन्डिएको अवस्थामा मृत फेला हुन् । यादवको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको हो। शङ्कास्पद अवस्थामा भेटिएको यादवको शव परीक्षणका लागि धरान पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
