Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरी कार्यालयलाई हेडक्वाटरको परिपत्र– आरोपीको तस्वीर सार्वजनिक गर्न निषेध





काठमाडौं ।
आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।
साउन ५मा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चार माध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न भनिएको छ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको पुष्टि गरे ।
उनका अनुसार महान्यायाधीवक्ता कार्यालयको तस्वीर, भिडियोहरु सार्वजनिक नगर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेपछि यस्तो निर्णय गरिएको हो ।
असार १९मा महान्यायाधीवक्ता कार्यालयले आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराइएको थियो ।
जसकारण अबदेखि भने आरोपीको तस्वीर, भिडियोहरु सार्वजनिक नहुने भएको छ । यद्यपी कुनै ठूलो जघन्य अपराधमा संलग्नल रहेको र त्यस्ता व्यक्तिको तस्वीर, भिडियो सार्वजनिक नगर्दा समाजलाई थप क्षति तथा हानी हुने अवस्थामा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृती लिएर सार्वजनिक गर्न सकिने पनि उल्लेख छ ।