Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पदमुक्त गरिएका नेताहरुबारे स्पष्ट जवाफ दिन राप्रपालाई निर्वाचन आयोगको पत्र





काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न निर्वाचन आयोगले पत्र लेखेको छ ।
लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । साथै, सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए । प्रवक्ताबाट सगुन लावतीलाई समेत पदमुक्त गरेका थिए ।
अनुशासन समितिका संयोजकको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएपछि त्यस विरुद्ध २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको थियो । अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उनीहरू आयोग पुगेका थिए ।
असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो । राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराए ।