Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा शुद्ध खानेपानी वितरण सुरु





राजविराज ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि सप्तरीको विभिन्न पालिकामा ट्याङ्कर तथा दमकलमार्फत खानेपानी वितरण सुरु गरिएको छ।

प्रदेश सरकारले व्यवस्थापन गरेको ट्याङ्कर तथा दमकल मार्फत रुपनी गाउँपालिका १ र २ मा मङ्गलबार खानेपानी वितरण गरिएको हो ।

राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका र सुरुङ्गा नगरपालिकाका खानेपानी सङ्कटग्रस्त बस्तीहरुमा शुद्ध पानीको आपूर्ति सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँले जिल्लामा पानीको अभाव रहेका टोल बस्तीहरुमा सोमबारदेखि खानेपानी संस्थानाट शुद्ध पानी उपलब्ध गराई वितरण शुरु गरिएको बताउनुभयो ।

“जिल्लाको सबै ठाउँमा त्यस्तो समस्या छैन् । तर जहाँ खानेपानीको अभाव छ, त्यहाँ वडाअध्यक्ष र पालिका प्रमुखसँग समन्वय गरी शुद्ध खानेपानी वितरण शुरु गरिएको छ,” प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो ।

बरखगण राजविराजको नेपाली सेनाको सहयोगमा सञ्चालन गरिएको यस अभियानमा स्थानीय पालिकाहरूको मागका आधारमा पानी आपूर्ति गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।