Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय निजामति विधेयक विधायन समितिमा पठाइने





काठमाडौँ ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ ।
विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीपछि पेचिलो बनेको विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव मंगलबारको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गर्दैछिन् । बैठक मंगलबारको सवा एक बजे बोलाइएको छ ।
प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको विधेयकमा ‘कुलिङ अफ पिरियड’बारे गडबडी भएको पाइएपछि संसदीय विशेष छानबिन समिति गठन भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति बनेको थियो । तर, त्यो सहमतिको बुँदालाई काट्ने गरी अर्को उपदफा राखियो । त्यो उपदफा प्रतिनिधिसभाले पनि पारित गरेपछि विवाद भइरहेको छ ।
यो विषय राष्ट्रियसभाबाट सच्याउने दलहरूबिच सहमति छ । तर, एमालेका सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने प्रस्ताव राष्ट्रियसभामा दर्ता गराएका छन् ।