Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसको ७ नेताहरुको बैठकको निष्कर्ष– संविधान संशोधनबारे बहस चलाउनुपर्ने





काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुने गरी पार्टीले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकले कांग्रेसले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।
‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनपर्छ,’ बैठकपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुने गरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौँ ।’
उनले चाक्सीबारी बैठकमा पूर्वपदाधिकारीहरूबीच भएको छलफलका विषयमा मंगलबार नै सभापति शेरबहादुर देउवालाई जानकारी गराइने पनि बताए ।
‘समग्र विषयमा जे जति छलफल भयो, हामी भोलि नै हाम्रो सभापतिलाई भेटेर जानकारी गराउँछौँ,’ सिटैलाले भने । बैठकमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत सहभागी थिए ।