

काठमाडौँ ।
नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।
सिफारिस हुनेमा अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन् । समितिले आजै ११ जना एसपीलाई पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।
