Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भूमि विधेयकमा कांग्रेस–एमालेबीच मतभेद बढ्दै





काठमाडौँ ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न लागिएको विधेयकमा सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद चुलिँदै गएको छ । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुई मन्त्रीसहित बसेको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरू सहभागी थिए । एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, प्रमुख सचेतक महेश बर्तौला र मन्त्रालयका सचिव केदारनाथ शर्मा सहभागी थिए ।
एमालेले विधेयकलाई सिधै प्रतिनिधिसभामा छलफल गरी पारित गर्ने प्रस्ताव राखेको थियो । तर कांग्रेसले उक्त प्रस्ताव अस्वीकार गर्दै विधेयकलाई समितिमा पठाएर दफावार छलफल गर्नुपर्ने अडान दोहो¥याएको छ ।