Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निवर्तमान मन्त्री राजकुमार गुप्तालाई ‘भ्वाइस टेस्ट’का लागि अख्तियारले बोलायो





काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ’भ्वाइस टेस्ट’का लागि बोलाएको छ । घुस लेनदेन गरेको अडियोसहित परेको उजुरीउपर विस्तृत छानबिनका क्रममा गुप्तालाई बोलाइएको हो ।
अडियो प्रकरणमा अख्तियारले गुप्ताको ’भ्वाइस टेस्ट’ गर्न मंगलबारका लागि बोलाएको स्रोतको दाबी छ । ‘अडियोसहित उजुरी परेकाले त्यस विषयमा अख्तियारले पहिले उहाँको भ्वाइस टेस्ट गर्ने हो, त्यसपछि थप अनुसन्धान हुन्छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘त्यसका लागि उहाँलाई भोलि बोलाइएको हो ।’
भूमिसुधार तथा मालपोत कार्यालय पोखराको प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
गुप्ताले आफूले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन् । अडियो पनि आफ्नो नभएको उनको जिकिर छ । तर, प्रधानमन्त्री ओलीसँगको भेटमा भने उनले बिचौलियाले पैसाको पोको आफ्नो क्वार्टरमा छाडेर गएको भनेर स्वीकारेको सार्वजनिक भइसकेको छ ।