Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्णिमाको हिसाबले दोस्रो र संक्रान्तिको हिसाबले पहिलो सोमवार आज, शिवालयहरुमा भक्तजनको भीड





जनकपुरधाम ।
आज यो वर्षको पहिले साउने सोमबार । हुनत पूर्णिमाको हिसाबले दोस्रो र संक्रान्तिको हिसाबले पहिलो सोमवार । जनकपुरधामको कपिलेश्वरनाथ, कुपेश्वरनाथ सहित अधिकांश शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।
भूतनाथ, शिव चौकको शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजन पूजा गरिरहेका छन् । जनकपुरधाम ४ को सरस्वतीनगर स्थित चदराको मन्दिरमा पनि पूजा गर्नेको भीड लागेको छ ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।
साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।