Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको फेरि ‘ब्रेकअप’





नयाँ दिल्ली ।

भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्याको गत वर्ष सम्बन्ध विच्छेद भयो। नताशा स्टान्कोभिकसँगको उनको सम्बन्ध टुट्यो। यसबाट पाण्ड्या धेरै निराश थिए र भारतको टी-२० विश्वकप जितपछि उनले यो कुरा स्वीकार पनि गरे।

यसपछि पाण्ड्या नयाँ सम्बन्धतर्फ अघि बढिरहेका थिए र आफ्नो पीडा बिर्सिरहेका थिए, तर फेरि उनको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो। दुईजना केही पटक सँगै पनि देखिएका थिए। पाण्ड्याको मनको चोट निको भएको र उनी फेरि माया गर्न थालेको रिपोर्ट आएको थियो।

तर नयाँ सम्बन्ध पनि ब्रेकअप भएको खबर आएको छ।

पाण्ड्या र जस्मिन वालिया सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्थे। धेरै मिडिया रिपोर्टमा दुवैले सामाजिक सञ्जालबाट एकअर्कालाई अनफलो गरेको दाबी गरिएको छ।

यही कारण उनीहरूको ब्रेकअप भएको आशंका गरिएको हो। तर यस विषयमा अहिलेसम्म दुवै जनाले केही बताएका छैनन्।