Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ





काठमाडौँ ।
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन् । काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो ।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् । तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।
काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो । उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।