Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ओलीलाई भेटेपछि विद्याले भनिन् : सदस्यता नवीकरण भइसक्यो, यसबारे आज कुरा भएन





काठमाडौँ । 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ। अपराह्न ४ बजेबाट सुरु भएको दुई नेताको छलफल डेढ घण्टा चलेको थियो।

भेटपछि एमाले पार्टी कार्यालय च्यासलबाट बाहिरिनेक्रममा भण्डारीलाई पत्रकारहरूले सदस्यताको विषयमा प्रश्न सोधेका थिए।

जवाफमा उनले ‘सदस्यता नवीकरण भइसक्यो। यो पुरानो विषय हो’ भनेकी थिइन्।  उनले आजको छलफल सौहार्दपूर्ण भएको र छलफलमा सदस्यता नवीकरणको विषयमा नभएको गरिन्।

‘आज सदस्यता नवीकरणको विषयमा कुरा भएन’ उनले  गरिन्।  त्यसो भए के कुरा भयो त भन्ने प्रश्नमा भनिन्, ‘आज राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयो।’

छलफलपछि पार्टी कार्यालयबाट निस्कदै गर्दा दुवै जनाको अनुहारमा खुसी देखिन्थ्यो।

 

उनीहरूको एक्लाएक्लै वार्तामा सहभागी नभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरल पनि सँगै निस्किएका थिए। उनीहरुको अनुहारमा पनि खुसी झल्किएको देखिन्थ्यो।