Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रूपन्देही-३ को उपचुनाव : उम्मेदवारी दर्ता असोज २१ गते





काठमाडौँ । 

निर्वाचन आयोगले प्रतिनिधि सभासदस्यका लागि रूपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि असोज २१ गते मनोनयन दर्ता हुने भएको छ।

आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै तालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रम अनुसार, उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।

त्यस्तै उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरीको जाँचबुझ र निर्णय असोज २२ गते दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म हुनेछ। अन्तिम उम्मेदवारको नामावली असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ।

रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद दीपक बोहराको निधनपछि प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो। रिक्त पदपुर्ति गर्न कार्तिक १७ गते उपचुनाव हुँदैछ।