

जनकपुरधाम ।
जनकपुरधाम २४ स्थित सोनापाडा बसहियामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयको प्रागंणमा आयोजित एकदिवसीय सो स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी रोगीको निःशुल्क उपचार गरिएको छ ।
एक महिना अघि स्थापना भएको माँ सोनासती हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को आयोजनामा भएको सो स्वास्थ्य शिविरमा मिनि अस्पताल नै बनाइएको थियो । माँ सोनासती हस्पिटलका अध्यक्ष अनिल मिश्रका अनुसार निःशुल्क जाँचका अतिरिक्त प्याथोलोजी लैवदेखि अल्ट्रासाउण्डको व्यवस्था गरिएको थियो ।
शिविरमा वरिष्ठ वालरोग विशेषज्ञ डा.वलराम मिश्र, हार्डजोर्नीका डा.सम्भव मिश्र, गाइनोका डा.मनिषा भारद्वाज, नाक कान घाँटीका डा.जयनन्दप्रसाद सिंह, एमडिजीपी डा.संतोष यादव, मेडिसिनका डा.संदीपकुमार महतो, डा.आलोक मिश्र, डा.विलोक मिश्र लगायतका चिकित्सकले उपचार गरेका थिए ।
शिविर स्थलमा रोगीहरुको दिनभरी भीड लागेको थियो ।

