Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

देशभर ७२ प्रतिशत रोपाइँ हुँदा मधेशमा मात्र ४६ प्रतिशत धान रोपाइँ





काठमाडौं ।
यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यतः जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो ।
जबकी गत वर्ष यही अवधिसम्म देशभर ८४ दशमलब ६ प्रतिशत भूभागमा भइसकेको धान भएको कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याकंले देखाउँछ ।
विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार सबभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा आइतबारसम्म जम्मा ४६ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मधेशमा सुख्खाका कारण रोपाइँ प्रभावित भएको हो । सिंचाइ अभावले साउन लाग्दासम्म पनि धेरै क्षेत्रमा रोपाइँ प्रभावित भएको देखिन्छ ।
मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
मधेशपछि बढी धान खेती हुने प्रदेश लुम्बिनी हो । लुम्बिनीको ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ भएको छ ।
यस्तै कोशी प्रदेशमा ६१ दशमलब ७९ प्रतिशत, बाग्मतीमा ८७ दशमलब १९ प्रतिशत, गण्डकीमा ७९ दशमलब २८ प्रतिशत र लुम्बिनी र कर्णालीमा समान ८७ दशमलब ९३ प्रतिशत रोपाइँ भएको छ ।
मधेशपछि धान खेती कोशी प्रदेशमा हुन्छ । कोशीको कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये साउन ४ गतेसम्म १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ ।
बाग्मती प्रदेशको १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर, गण्डकीको ९४ हजार १ सय ८२ हेक्टरमध्ये ७४ हजार ६ सय ६४ हेक्टर र कर्णाली प्रदेशको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ ।