Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको मूल्यमा पनि सामान्य बृद्धि





काठमाडौँ ।
आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला आठसय रुपैयाँ बढेको छ ।
गएको बिहीबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ । बिहीबार प्रतितोला तीनसय र शुक्रबा दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको हो । शुक्रबार प्रतितोला एक लाख ९२ हजार पाँचसय रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख ९३ हजार तीनसय रुपैयाँ पुगेको छ ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।