Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लिजेन्ड्स क्रिकेटमा भारतले पाकिस्तानी टोलीसँग खेल्न नमानेपछि खेल नै रद्द





एजेन्सी ।
इङ्ल्यान्डको बर्मिङ्घममा वल्र्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्लूसीएल) क्रिकेट प्रतियोगिताको नयाँ संस्करण जारी छ । प्रतियोगिताको चौथो खेल आइतबार भारत च्याम्पियन्स र पाकिस्तान च्याम्पियन्सबीच खेलिने कार्यक्रम थियो ।
तर, भारत र पाकिस्तानबीचको चिसो राजनीतिक सम्बन्धको असर त्यो खेलमा पनि देखियो । भारतीय खेलाडीले अन्तिम समयमा आएर पाकिस्तानसँग खेल्न मानेनन् । प्रतियोगिताको आयोजकले पनि भारतीय खेलाडीले पाकिस्तानसँग खेल्न नमानेको समाचारको पुष्टि गरेका छन् ।
सोही कारणले पाकिस्तान र भारतबीच हुने भनिएको खेल रद्द भएको घोषणा गरिएको छ । जारी प्रतियोगितामा भारतीय टोली युवराज सिंहको कप्तानीमा रहेको छ । पाकिस्तान आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।
पहिलो खेलमा पाकिस्तानले आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो । भारतले भने हालसम्म एक खेल पनि खेलेको छैन । भारतीय टोलीले आफ्नो पहिलो खेल अब मंगलबार दक्षिण अफ्रिका च्याम्पियन्ससँग खेल्नेछ ।
भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि प्रतियोगिताको आयोजकले समर्थकहरूसँग माफी पनि मागेको छ । ‘हामीले सधैं क्रिकेटलाई महत्त्व दिँदै आएका छौं । यो अवस्थाको बारेमा हामीले कल्पनासम्म गरेका थिएनौं,’ डब्लूसीएलले भनेको छ ।
निकै लामो समयदेखि भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध राम्रो छैन । सोही कारणले भारतीय क्रिकेट टोलीले पाकिस्तानी भूमिमा प्रतियोगिता खेलेको छैन ।
केही समयअघि भारतको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि पाकिस्तानसँग कुनै प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो ।
पछिल्लो समय पाकिस्तानसँगै बंगलादेशसँग पनि भारतको राजनीतिक सम्बन्ध गतिलो छैन । सोही कारणले एसिया कप क्रिकेट प्रतियोगिताको आयोजना पनि अन्योलमा परेको छ ।