Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटका पत्रकार रविन्द्र प्रजापति मृत फेला, पारिवारिक तनाव र धम्की आत्महत्याको कारण प्रारम्भिक अनुमान





जनकपुरधाम ।
रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए ।
त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।
प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए । प्रहरीका अनुसार पत्रकार प्रजापति केहीदिनयता पारिवारिक तनावमा थिए । जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका नगरप्रमुख जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए । पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।